+
Search

ताजा अपडेट +

पपुलर +

साझा बस दशैंदेखि गोरखा-काठमाडौं रूटमा चल्दै

4KNationalDaily
२०७३ आश्विन १३, बिहीबार ०६:२६ बजे

गाेरखा- काठमाडौंबाट असोज १६ गतेदेखि साझाका बसहरु गोरखा सञ्चालन हुन लागेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेयले जानकारी दिए ।

काठमाडौं-गोरखा  रुटमा दैनिक १-१ वटा बसहरु चल्नेछन् । गोरखाको बस भने ७ बजे पुल्चोकबाट छुटेर बालाजु बसपार्क हुँदै ८ बजे गन्तब्यमा जानेछ ।

टिकटका लागि साझाले नयाँ बसपार्क र कलंकीमा काउन्टर राख्ने तयारी छ । टिकटका लागि साझाको हटलाइन १६६००१-७७७७७ वा फोन ०१-५५५२६८६ मा पनि फोन गर्न सकिने पाण्डेयले बताए ।

यी रुटमा अब साझाका नियमित बस चल्नेछन् । यी दबुै रुटमा यातायात व्यवस्था विभागबाट साझाले रुट इजाजत पाइसकेको छ । गोरखाबाट साझाले काठमाडौंमा पनि यात्रु ल्याउनेछ ।

साझाले काठमाडौं महानगरपालिकालाई सेयर दिएर ३० वटा नयाँ बस भित्र्याएको छ । नयाँ थपिएसँगै हाल साझासँग ४६ वटा बसहरु छन् । काठमाडौं भित्र साझाका नयाँ बस चल्ने रुट भने तय भएको छैन ।-अनलाइन खबरबाट

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily