+
Search

ताजा अपडेट +

पपुलर +

आचारसंहिता मिचेर वनाइएका घरहरुका कारण सदरमुकामका वासिन्दा त्रासमा वस्न वाध्य

4KNationalDaily
२०७२ चैत्र १०, बुधबार ०५:४० बजे

गोरखा- सरकारले भुकम्प पछि घर संरचना निर्माण गर्दा भवन आचारसंहिताको कडाइका साथ पालना गराउने भने पनि गोरखा सदरमुकाममा अहिले पनि जथाभावी रुपमा भवन संरचना निर्माण गर्ने क्रम रोकिएको छैन ।

गोरखा नगरपालिकाको नगरपालिका भित्र बन्ने भवन आचारसंहिता कडाईका साथ पालना गराउनु पर्ने दायित्व भएपनि त्यसको कार्यन्वयन भने खुकुलो देखिएको छ ।

गोरखा सदरमुकामको मुख्य सडक छेउछाउमै भवन आचारसंहिता बिपरितका भवन संरचना निर्माण भइरहेका छन् । तर नगरपालिकाले भने आचारसंहिता कार्यान्यवन गर्ने बताएपनि त्यसको खासै वास्ता गरेको नपाइएको स्थानियबासीहरुले भनाई छ ।

गत बैसाक १२ गते गएको बिनासकारी भुकम्पमा परि भत्किएका राजधानी सहित बिभिन्न जिल्लामा बनेका पक्की भवनहरुले भवन आचारसंहिता पालना नगरेको पाइएको थियो ।

गोरखा नगरपालिकाले भवन आचारंसहिता कडाईका साथ पालना नगर्दा सदरमुकाममा जथाभावी भवन बन्ने क्रम नरोकिएकाले वरपरका स्थानियबासीहरु समेत त्रासमा परेको उनिहरुको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily