गाेरखा- गोरखा जिल्लाका स्वास्थ्यकर्मीहरुलाइ क्लिनिकल म्यानेजमेन्ट अफ रेप (टिएमआर) सम्बन्धि तालिम दिइएको छ ।
आरेक नेपाल र आइएमसीको संयुक्त अयोजनामा भएको तिन दिने तालिममा लैङ्गिक र घरेलु हिंसा व्यवस्थापन, बलात्कार सँगै अन्य जघन्य अपराध नियन्त्रण र समाधान सम्बन्धि उपायहरुको बारेमा जानकारी गराइएको थियो ।
तालिममा गोरखा जिल्लाका डाक्टर, अस्पताल इन्चार्ज, नर्स, अहेव तथा अन्य चिकित्सकहरु गरी २५ जनाको सहभागीता रहेको थियो । तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वाथ्य अधिकृत महेन्द्रध्वज अधिकारीको अध्यक्षतामा तालिम समापन कार्यक्रम सम्पन्न भएको थियो ।
तालिम अवधिभर अन्तारष्ट्रिय प्रशिक्षक डा सारिया, ओरेक नेपालका जिल्ला संयोजक प्रकाश पगेनी लगायतले सहजीकरण गरेका थिए ।
प्रतिक्रिया