+
Search

ताजा अपडेट +

पपुलर +

चतुर्माला उमाविको बन्न लाग्यो नयाँ भवन

4KNationalDaily
२०७२ फाल्गुन १, शनिबार १७:०७ बजे

गाेरखा- लामो समयसम्म रहेको जग्गा विवाद तथा असहमतिका कारण विद्यालय भवन निर्माण कार्य रोकिएको मुच्चोक- १ गोरखाको श्री चतुर्माला उमाविको भवन निर्माणको शिलान्यास भएको छ ।

आज श्रीपन्चमीको शुभ मुहुर्त पारी भव्य समारोहकाबीच शिलान्यास कार्य गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिकान्त देवकोटाको अध्यक्षता तथा हिमालयन ग्ल्यासिएर ट्रेकिङ एन्ड एक्स्पिडिसन प्रालिका मेनेजिङ डाइरेक्टर सागर पाण्डेको प्रमुख आतिथ्य र डाइरेक्टर प्रमिला पाण्डेको विशेष आतिथ्यमा भएको कार्यक्रममा विधालयका प्राचार्य बुद्धि बहादुर विक, व्यवस्थापन समितिका सदस्य चिरञ्जीवी धिताल, रमेश देवकोटा, महेश्वर पोखरेल, निवर्तमान स्रोतव्यक्ती भरत प्रसाद देवकोटा, शिक्षक ठाकुर बडु, नेत्र प्रसाद देवकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष क्षेत्र बहादुर मगर, लगायतले मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रममा पुरोहितद्वारा पुजापाठ तथा पन्चे बाजा र स्थानिय झाकी सहित अति हर्सोल्लासका साथ भएको शिलान्यास कार्यक्रम पश्चात् बिधालय परिसर भरि बाजा गाजाकासाथ परिक्रमा गरिएको थियो भने सहयोग कर्ता द्वय सागर पाण्डे तथा प्रमिला देवकोटा पाण्डेलाई फुलमाला, खादा र अबिर लगायर स्वागत गरिएको थियो ।

गत वैशाख १२ गते गएको विनाशकारी भुकम्प पश्चात् अमेरिकामा रहेको लिभा पटेल समाजको आर्थिक सहयोग र हिमालयन ग्ल्यासियर ट्रेकिङ कम्पनिका मेनेजिङ डाइरेक्टर सागर पाण्डेको समन्वयमा २६ कोठे सुविधाजनक र भुकम्प प्रतिरोधात्मक भवन बनाउने पूर्व प्रतिबद्धता अनुसार चतुर्माला उमाविको नयाँ भवन निर्माण गर्नद लागिएको हो ।

अब छिटै इन्जिनियर ल्याउने र जिल्ला शिक्षा कार्यालयको मापदण्ड अनुरुप भवन निर्माण गरिने कुरा सागर पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily