+
Search

ताजा अपडेट +

पपुलर +

अवरुद्ध मनास्लु पदमार्ग खुलाइने

4KNationalDaily
२०७२ माघ २७, बुधबार ०५:१५ बजे

गाेरखा- भूकम्प र बर्खाका कारण बाटो बिग्रिएपछि अवरुद्घ मनास्लु पदमार्ग मर्मतका लागि काम सुरु हुने भएको छ । १२ वैशाखको भूकम्पले कमजोर बनाएको जमिन बर्खाको पानीले बगाएपछि पदमार्ग अवरुद्ध थियो ।

पदमार्ग सञ्चालनका लागि पर्यटन विभागले दुई करोड ३० लाख खर्चने भएको छ ।

केरौँजा गाविसको यारुबगरमा बुढीगण्डकीले बगाएको पदमार्गको केही भाग मर्मत गर्न सो रकम खर्चन लागेको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले जानकारी दिए । मनास्लु पदमार्ग अवरुद्ध भएपछि उत्तरी गाविसमा सहज आउजाउ हुन सकेको छैन ।

आइतबार सदरमुकाममा भएको मनास्लु क्षेत्र पदमार्ग पुनर्निर्माण विषयक अन्तक्र्रियामा काम सुरु गरिन लागेको जनाकारी दिइएको हो ।मनास्लु पदमार्गअन्तर्गत यारुबगरमा बुढीगण्डकीले पैदलमार्गका केही भाग बगाएको छ । अहिले सो स्थानमा काठेपुल हालेर अस्थायी बाटो बनाइएको छ ।

सो स्थानमा जोखिमपूर्ण तरिकाले स्थानीय आवातजावत गर्ने गरेका छन् ।

पर्यटन विभागले तत्काल दुई करोड ४० लाख खर्चे पनि दीर्घकालीन रूपमा सो पदमार्गमा करिब चार करोड रुपैयाँ खर्चन योजना बनाएको पर्यटन विभागका सिनियर इन्जिनियर कोषनाथ अधिकारीले बताए ।यारुबगरमा भीर खनेर बाटो बनाउनुपर्ने स्थानीय विकास अधिकारी गिरीले बताए ।

मनास्लु पदमार्गको ठाउँ–ठाउँमा पहिरो जाँदा स्थानीय समस्यामा छन् । वैकल्पिक मार्ग पनि मर्मत गरिने मनास्लु पदमार्गको वैकल्पिक बाटोका रूपमा रहेको उहिया–दुम्ला–जगत खण्ड पनि भूकम्प र त्यसपछिको बर्खाले भत्काएको थियो । सो मार्ग मर्मतका लागि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले एक करोड खर्चने भएको छ ।

माछाखोलादेखि गुम्दाको सिङलासम्मको बाटो मर्मत केयर नेपाल नामक गैरसरकारी संस्थाले गर्ने भएको छ । खोर्ला गाउँदेखि उहियासम्मको बाटो जिल्ला विकास समितिले बनाउने स्थानीय विकास अधिकारी गिरीले बताए ।जिविसले विभिन्न संघ–संस्थासँग समन्वय गरेर बाटो मर्मत गर्ने उनले जानकारी दिए ।

ल्हो गाउँबाट स्यालासम्म नयाँ ट्रयाक खोल्ने तयारी पनि भइरहेको जिविसले जनाएको छ । चुम्चेतको सर्तीखोलादेखि छेकम्पारसम्मको बाटो गैरसरकारी संघ–संस्थाको सहयोगमा पुनर्निर्माण गर्न लागिएको गिरीले बताए ।

उत्तरी गोरखाको सामागाउँ, छेकम्पार, ल्हो, प्रोक, बिही, चुम्चेत, सिर्दीवासलगायतका गाविस पुग्ने एक मात्र पैदलमार्ग अवरुद्घ भएपछि अहिले हेलिकोप्टरबाट सामग्री ढुवानी मनास्लु पदमार्गअन्तर्गत केरौँजा गाविसको यारुबगरमा पैदलमार्गका केही भाग बुढीगण्डकीले बगाएपछि हालिएको काठे पुल ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily