+
Search

ताजा अपडेट +

पपुलर +

मुच्चोकमा घर घरमा पुगेर भत्ता वितरण हुन थाल्यो

4KNationalDaily
२०७२ माघ २०, बुधबार १८:५७ बजे

गोरखा- मुच्चोक गाविसमा अहिलेसम्म कै पहिलो पटक गाविस सचिवद्वारा बृद्ध बृद्धा, एकल महिला, अपाङ्गता भएका तथा ५ वर्ष उमेर भन्दा मुनिका दलित बच्चाहरुलाई सेवाग्राहीको घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

विगतमा गाविस सचिव तथा कर्मचारी भेट्न नै गाह्रो पर्ने तथा घण्टौ धाएर आउँदा पनि काम गर्न नपाउने गरेका मुच्चोकवासीलाई अहिले नयाँ सचीवको रूपमा ईश्वरी प्रसाद गौतम आए पछि गाविसमा हुने जनताका कामहरु चुस्त दुरुस्त हुन थालेको बताउ न थालेका छन् ।

भत्ता वितरण मात्र होइन अन्य कामका लागि पनि गाविस सचिव तथा सामाजिक परिचालक सुक बहादुर नेपाली अहोरात्र खटेको देख्दा जनताहरु दङ्ग पर्दै नयाँ संविधानको परिणाम त होईन ? भन्न थालेका छन् ।

अघिल्लो किस्तामा सामाजिक सुरक्षा भत्ता लिन गाविसमा धाएर पनि धेरै दिनमा पाउने गरेकाहरु अहिले बत्तिको सहारा लिएर बिहान देखि रातिसम्म खटेर घर घर र टोल टोलमा पुगेर वितरण गरेको देख्दा असहाय वृद्ध बृद्धाहरु इश्वर नै आएझै भएको भन्दै भत्ता बुझ्दै आशिर्वाद पो दिएको दृश्य पनि देखियो ।

यस्तो गाविसको काम सधै होस् भन्ने आम मुच्चोकेहरुको अपेक्षा छ ।गाविस स्रोतका अनुसार हिजो बिहानदेखि वडा नम्बर ६,७,८,४,५ र ३ को विभिन्न भागबाट शुरु गरिएको वितरण कार्य भोलि बिहानसम्म सबै वडाहरुमा सकिने जानकारी भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily