+
Search

ताजा अपडेट +

पपुलर +

तल्लो क्षेत्रका मुच्चोकबासी बन संरक्षणमा जुटे

4KNationalDaily
२०७२ माघ १८, सोमबार २३:४४ बजे

गोरखा- गोरखाको उत्तरी भागमा पर्ने मुच्चोक गाविस वडा नम्बर ४ र ५ मा रहेको जन प्रभात कबुलियती बन तथा जनसेवा कबुलियती बनको संरक्षणको निमित्त विगतमा जस्तै यो वर्ष पनि माघ १५ गतेबाट बन गोड्मेलमा आम उपभोक्ताहरु जुटेका छन ।

गोड्मेल गर्ने र गोडमेल गर्दा झाडी पन्छाउने अनि निस्केका बाङ्गा टिङ्गा काठ तथा दाउरा निकाली आवश्यकता टार्ने तथा नया र राम्रा बिरुवा जोगाउने समुहका उपभोक्ताहरुको लक्ष रहेको छ ।

बिगत ४ वर्षदेखि ४० वर्षसम्मको लागि वडा नम्बर ४ र ५ को तल्लो कषेत्र तथा ३ को केहि उपभोक्तालाई समेट्ने गरि कबुलियती बनको नियम अनुसार ८ भाग गरि बिभाजन गरिएको यस क्षेत्रका निम्न हैसियत भएका उपभोक्ता को आय आर्जन वृद्धि गर्न तथा हैसियत बिग्रेको जङ्गललाई संरक्षण गर्ने हेतुले बन कबुलियती गरिएको हो ।

कबुलियती बनले शुरुको अवस्थामा बन समुहका प्रत्यक उपभोक्ता सदस्यहरुलाई दुई दुई वटा नयाँ जातको बाख्रा तथा समुहको बचत वृद्धिको प्रोत्साहन स्वरुप केही नगद समेत उपलब्ध गराएको थियो ।

जिल्ला बन कार्यालय गोरखा र जिल्ला पशु कार्यालय गोर्खाको सम्युक्त कार्यक्रमबाट यो अभियान शुरु भए पश्चात् यस क्षेत्रमा जनताहरु बन संरक्षणमा उत्साह पूर्वक जुटेको पाइन्छ भने उजाड भएको जङ्गल अहिले हरियाली हुँदै गएको छ भने कतै अमृसो त कतै घासे बिरुवाहरु फैलन थाल्दा सबै आशाबादी भएका छन तर यथोचित संरक्षण हुन नसक्दा र अझैसम्म पनि कबुलियती बनको उद्देश्य र औचित्य नबुझ्दा कतिपय बन उपभोक्ताहरु भने अन्योलमा परेको अवस्था पनि छ ।

प्रत्यक्ष लाभ चाहने यस भुकम्प पीडित क्षेत्रका जनता अहिले भने बेला बेलामा संबंधित निकायले सामुदायिक बन तथा अन्य बन कार्यक्रमले जस्तो केही नया कार्यक्रम ल्याउने हो भने केही प्रभावकारी हुन्थ्यो कि ? भन्न थालेका छन । प्रभावकारी तालिम हुन नसकेको प्रति पनि जनगुनासो पनि रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily