+
Search

ताजा अपडेट +

पपुलर +

जन्मदर्ता गर्नु छ, आठ कक्षा पास गरेर आउनोस्

4KNationalDaily
२०७२ पुष २८, मंगलवार ०६:२९ बजे

गोरखा- जन्म, मृत्यु र वसाईसराई जस्ता व्यक्तिगत घटनाको दर्ता सकेसम्म चाँडो गर्नु राम्रो मानिन्छ । मृत्युदर्ता त समयमै नगर्दा सामाजिक सुरक्षा भत्ता दुरुपयोग हुन सक्ने तर्फ सचेत रहन सरकारले सुचित समेत गर्ने गरेको छ ।

सामुदायिक विद्यालयमा भर्ना हुन र अन्य सरकारी काम कारवाहीको लागि पनि सरकारी अभिलेखमा नाम दर्ता गर्नु अनिवार्य मानिन्छ । तर यस्ता ठाउँ पनि छन् जहाँ जन्मदर्ता गर्न आठ कक्षामा पढ्नै पर्ने अनिवार्य छ । सुन्दा आश्चर्य लाग्ने यो घटना हो, गोरखाको खरिवोट गाविसको ।

भीमलाल तामाङको छोरा तीन वर्षका भए तर उनको अहिले सम्म जन्मदर्ता भएको छैन ।

स्थानीय लिलिखोला जलविद्युत आयोजनाका अध्यक्ष समेत रहेका तामाङ भन्छन् ‘मेरो छोरो तीन वर्षको भयो, तर अहिलेसम्म जन्मदर्ता भएको छैन ।’ तामाङ भन्छन् , ‘जन्मदर्ता गर्नुस भन्दा सचिवले मानेनन्, सचिवको भनाई उधृत गर्दै तामाङले भने, ‘अहिले विद्यालय भर्ना गर्नुस पछि वनाउँला भन्छन्, किन भएन मलाई थाहा छैन ।’

संस्थाका तर्फवाट गाउँ संयत्रका सदस्य समेत रहेका चार छोरी र एक छोराका वावु तामाङका अनुसार उनका सवै छोरीहरुको पनि आठ पास गरेपछि मात्रै जन्मदर्ता गरेका हुन् । उनीजस्तै खरिवोट गाविसका वडा नम्वर दूइृका वासिन्दाको पनि उस्तै समस्या छ ।

अधिकांश वस्ती दलित समुदायको रहेको उक्त वडामा पनि सचिवले आठ कक्षामा पढेको भएमात्रै जन्मदर्ता वनाइदिने गरेको दलित समुदायको गुनासो छ । वडा नम्वर २ का महेश सुनारका अनुसार पनि सचिवले जन्मदर्ता वनाउन आनाकानी गर्ने र ढिलो गरी जन्मदर्ता गर्ने गरेका छन् ।

सुनार भन्छन् , ‘खै किन हो थाहा छैन , पैतीस दिनमा निशुल्क हुने जन्मदर्ता ढिलो गरी गर्दा निमुखा दलितहरु अतिरिक्त कर सहित सहित जन्मदर्ता गर्न वाध्य छन् ।’ पाँच वर्ष सम्मका दलित वालवालिकालाई सरकारले मासिक दिने गरेको वालवालीका सामाजिक सुरक्षा भत्ता समेत लिन उनीहरु वञ्चित भएका छन् ।

सुनार भन्छन्, ‘जन्मदर्ता नहुँदा हाम्रा वालवालिका दलित भत्ता पाउन समेत वञ्चित भएका छन् । ” यता गाविस सचिव हरि वहादुर पुनले भने त्यस्तो हुने नगरेको भन्दै आफ्नो वचाउ गरेका छन् । उनले प्रति प्रश्न गर्दै भने , ‘आएसम्म त जन्मदर्ता गर्ने गरेकै छौ , कार्यालयमा निवेदन दिन नै नआएपछि कसरी दर्ता हुन्ँछ ?’

आफूले गाविसको जिम्मेवारी सम्हालेको करिव एक वर्ष भएको भन्दै उनले भने ,’हालसम्म आएका सवै निवेदनलाई दर्ता गर्ने गरेका छौ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily