+
Search

ताजा अपडेट +

पपुलर +

मुच्चाेक गाविसकाे नबाै गाऊ परिषद सम्पन्न

4KNationalDaily
२०७२ पुष २८, मंगलवार ०५:५१ बजे

गोरखा- मुच्चोक गाविसको नवौं गाउँ परिषद आर्थिक वर्ष २०७२/०७३को लागि विभिन्न योजनाहरु छनौट गर्दै बजेट विनियोजन गरी सम्पन्न भएको छ ।

गाविस सचिव इश्वरी प्रसाद गौतमको अध्यक्षता तथा खेलकुद मन्त्रालयका उप-सचिव गणेश प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त परिषदले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत अन्य भौतिक तथा सामाजिक बिकास तथा लक्षित वर्ग केन्द्रित बजेट बिनियोजन गरेको छ ।

प्रमुख अतिथि द्वारा उदघाटन गरिएको कार्यक्रममा सुआहार कार्यक्रमका मुच्चोक प्रतिनिधि बिमला ढकालले स्वागत मन्तब्य द्वारा स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका चिरञ्जीवी धिताल, एमालेका गुण बहादुर भुजेल, एनेकपा माओबादीका झल प्रसाद देवकोटा, क्रान्तिकारी माओबादीका सनिल परियार,राप्रपा नेपालका तुलसी देवकोटा, चतुर्माला उमाविका प्राचार्य बुद्धि बहादुर विक, मेड नेपालका डानिएल रेग्मी, बिधार्थी दिपा सापकोटा, कृषि सहकारीका अध्यक्ष मित्र देवकोटा लगायत दलित तथा जनजाति प्रतिनिधिहरुले मुच्चोकको बिकास तथा समसामयिक विषय माथि आआफ्नो धारणा राखेका थिए ।

दुई दिन लगाएर योजना छनौटको निर्णय गर्न सफल भएको भए पनि मुच्चोक गाविसले विगतको तुलनामा यो वर्ष सहज ढंगले योजना छनौट तथा गाउँ परिषद गर्न सकेको जनमानसको धारणा रहेको छ । तर विगतका छनौट भएका योजनाहरु कार्यान्वयन कसरी भए ? भन्नेमा स्पष्ट हुन नसकिएकोमा गाविसप्रति सर्वसाधारणको केही गुनासो रहेको पाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily