+
Search

ताजा अपडेट +

पपुलर +

किन आउँछ श्वासबाट दुर्गन्ध ?

4KNationalDaily
२०७२ मंसिर २३, बुधबार ०५:०८ बजे

चुम्बन, मुस्कान र स्वस्थ श्वास

तपाईंलाई सबैभन्दा बढी कुन मन पर्छ ? तपाईंको रोजाइमा अवश्य पनि ताजा सास नै होला ।

यति हुँदाहुँदै पनि अधिकांशमा श्वाससम्बन्धी समस्या पाइन्छ । दुर्गन्धित सासले तपाईंलाई मात्र होइन, तपार्इं वरपर बस्नेलाई पनि असर गरेको हुन्छ ।श्वास दुर्गन्धित हुने कारणतपाईंको मुखभित्र ब्याक्टेरिया भएमा पनि श्वास गन्हाउँछ ।

ससाना ब्याक्टेरिया तपार्इंका दाँत र जिब्रोमुनि लुकेका हुन सक्छन् ।

यी ब्याक्टेरिया मुखभित्र रहेर अन्य ब्याक्टेरिया उत्पादन गर्नुका साथै निरन्तर दुर्गन्ध छाडेका हुन्छन्, जसका कारण हाम्रो मुख नराम्ररी गन्हाउँछ ।तपाईंको टन्सिल फराकिलो र वरपर ससाना छिद्र छन् भने पनि सास गन्हाउँछ ।

बिहान–बेलुका खाएका खानेकुरा र चिल्लो पदार्थ यस्ता टन्सिल वरपरको छिद्रामा जम्मा हुँदा दुर्गन्ध आउँछ ।

तीक्ष्ण खाना जस्तै

प्याज, लसुन, चाउचाउको धुलो, सुप र माछाका परिकार खाँदा मुख पनि गन्हाउँछ ।

तसर्थ यी खानेकुरा खाएपछि तत्कालै दाँत सफा गर्नुपर्छ ।मानिसहरुका केही खराब बानी जस्तै ल् चुरोट पिउदा, सूर्ती चपाउँदा पनि श्वास गन्हाउछ । कतिपय अवस्थामा आन्द्रा वा पेटमा समस्या हँुदा पनि मुख गन्हाउँछ । पेटको अल्सर भएमा यस्तो समस्या आउँछ ।

त्यस्तै, कार्बोहाइड्रेड न्यून भएका भोजन खाँदा पनि श्वास गन्हाउँछ । यस्ता खानाले केटोन नामक दुर्गन्ध फाल्ने भएकाले श्वास गन्हाउँछ ।

केही टिप्सश्वास गन्हाउने समस्या भएमा दिनमा दुई पटकसम्म दाँत माझ्नुहोस् । विहान उठ्नेबित्तिकै र बेलुकी खाना खाएपछि दाँत ब्रस गर्दा यो समस्याबाट मुक्ति पाउन सकिन्छ ।

दाँत माझ्दा जिब्रोलाई पनि राम्रोसँग घोट्नुहोस् ।

ब्रसले घोट्दा जिब्रोमा अल्झिएका व्याक्टेरिया बाहिर आई केही हदसम्म दुर्गन्धबाट मुक्ति पाउनुहुनेछ ।

विशेष गरी जिब्रोको टुप्पो र टन्सिल रहेको ठाँउमा यस्ता व्याक्टेरिया रहेका हुन्छन् ।  एक अध्ययनअनुसार जिब्रोलाई ब्रसले घोट्दा मात्रै मुखको दुर्गन्ध ७० प्रतिशतले घट्छ ।ताजा श्वासका लागि दैनिक फ्ल्स लिनुहोस ।

नियमित फ्ल्स लिँदा दाँतभित्र अड्किएका र मुखमा टाँसिएका तथा लुकेका खाद्यान्न र कतिपय अवस्थामा व्याक्टेरिया समेत मुखबाहिर फाल्न सहयोग पुग्छ ।

मुखमा फ्ल्स लिदा मुखसँग सम्बन्धित अन्य रोगबाट पनि बच्न सकिन्छ ।सकभर नुनिलो टुथपेस्ट प्रयोग गर्नुहोस् ।यस्ता टुथपेस्ट दाँतलाई बचाउने मात्र होइन, मुखको दुर्गन्ध पनि हटाउन सहयोगी सिद्ध भएका छन् ।

विशेष गरी ब्रसमा एक चिम्टी नुन राखेर जिब्रो घोट्दा तपाई यस समस्याबाट छिट्टै मुक्ति पाउनुहुन्छ ।पर्याप्त पानी पिउनुहोस् । मुख सुख्खा भयो भने पनि श्वास गन्हाउँछ । बिहान उठ्नेबित्तिकै ताजा र चिसो पानी पिउनुहोस् । समय समयमा थोरै थोरै पानी पिउँदा यो समस्याबाट मुक्त मिल्छ ।

पर्याप्त दही खानुहोस् 

दहीले नराम्रो व्याक्टेरिया मारिदिने भएकाले खाना खाइसकेपछि नियमित दही खाँदा पनि श्वासको दुर्गन्धबाट मुक्ति मिल्छ ।श्वासलाई स्वच्छ बनाउन चुइगम, सुकमेललगायतका चिज पनि चवाउन सकिन्छ ।

त्यस्तै हर्बल टी र दालचिनीको सेवनले पनि केही हदसम्म मुक्त पाउन सकिन्छ । ताजा स्वच्छ फलफूल स्याउ, केरा, सुन्तला, गाँजर र काँक्रो खानुहोस् ।कतिपय अवस्थामा दाँतको कारण मुख गन्हाउने भएकाले कम्तीमा छ महिनाको एकपटक दन्त चिकित्सककहाँ जानुहोस् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily