+
Search

ताजा अपडेट +

पपुलर +

लैङ्गिक हिंसा असमान शक्ति सन्तुलनका कारण हुन्छ- अधिकारी

4KNationalDaily
२०७२ मंसिर १२, शनिबार १७:४० बजे

गाेरखा- महिला पुनस्थापना केन्द्र (ओरेक) ले २५ औ लैगिक हिंसा सम्बन्धि अभियान अन्तगर्त भएको सामिप्य भेलामा बोल्दै महिला बिकास अधिकृत सिता अधिकारीले लैङ्गिक हिंसा असमान शक्ति सन्तुलनका कारण हुहने गरेको खुलासा गनुर्स भएको छ ।

हाम्रा घरमा छोरालाई शरिर पुरै ढाक्ने कपडा लगाउने गरेको तर छोरीलाई छोटा र बुट्टे कपडा किनी दिने गरेको भन्दै यो पनि एक प्रकारको हिंसा भएको पनि उहाले बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै अधिकारीले मान्छे जन्मे सगै फरक वा लिङग भन्ने शब्द आएको बताउदै यो लैङ्गिक भन्ने शब्द हामीले बनाएको पनि बताइन  छोरी १० वर्ष भए पछि भान्छामा आमालाई सघाउनु पर्छ भन्ने हाम्रो समाजले के लैङ्गिक हिंसा गरेको हो कि हैन भनि प्रश्न गरीन्  ।

श्रीमान र श्रीमति जतिमा पनि श्रीमति जति सुकै जागिर खाएर आए पनि श्रीमतिले खाना पकाउनु पर्छ भन्ने पनि शक्ति असन्तुलनका कारण यस्तो हिंसा हुने गरेकाे उनकाे दावी थियाे ।

महिला जति सुकै टाठो भए पनि निर्णयक ठाउमा पुरुष नै भएको भन्दै शक्ति असन्तुलनका कारण यस्तो भएको बताउनु भयो ।कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक मोहन भट्टराईले आफुले आजै देखि छोरा र छोरीलाई भेदभाव गर्न छाडे पछि लैङिगक हिंसा अन्त्य हुने पनि बताए ।

हिंसा भन्ने आफ्नै घरबाट सुरु हुने भन्दै लैङिगक हिंसा रोक्न घरबाट नै सबैले प्रतिबद्धता जनाउनु भर्ने पनि बताए ।

हामीले अहिले सम्म घरको इज्यतका डरले कुनै पनि ब्यक्तिले हिंसाको उजुरी नदिएको पनि बताउनु भयो ।त्यस्तै कार्यक्रममा बोल्दै अधिबक्ता स्थानेस्वर दुवाडिले अहिले महिला बिरुद्धको उजुरी पिडित हमफैले दिन नपर्ने भन्दै पिडितलाई देख्ने सुन्ने जो कोसैले पनि निबेदन दिन सकिने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily