+
Search

ताजा अपडेट +

पपुलर +

माई भगवती पुजा व्यवस्थित हुँदै

4KNationalDaily
२०७२ कार्तिक ४, बुधबार ०४:०३ बजे

गाेरखा- सम्पुर्ण ताकुबासीको धामीर्क आस्थाको धरोहरका रुपमा रहेको माई भगवती मन्दिरको पुजा व्यवस्थित गर्नका लागि स्थानीयहरुले सहयोग संकलन सुरु गर्न थालेका छन् ।

ताकुकोट १ स्थायी घर भइ हाल काठमाडौंका विभिन्न स्थानमा रहेका युवाहरु बाट यस्तो कार्यको थालनी भएको हो ।

ताकुकोट घर भइ हाल काठमाडौंमा रहेर विभिन्न पेशा व्यवसायमा आबद्ध रहेका व्यक्तिहरुको नियमित रुपमा हुने मासिक बैठकमा गाउँमा रहेको मन्दिरको पुजा व्यवस्थित गराउनका लागि ‘केहि’ गर्ने अभिप्रायले सुरु गरिएको सहयोग रकम अहिले झन्डै पौने १ लाखको हाराहारीमा उठिसकेको छ ।

माई भगवती मन्दिरमा वार्षिक रुपमा दशै, न्वागी लगायतको अवसरमा हुने पुजा व्यवस्थित गर्नका लागि सहयोग उठाइएको स्थानीय बुद्धि बहादुर खत्री बताउँछ्न् ।

खत्रीको अगुवाइमा काठमाडौमा रहेका व्यवसायी हरिश्चन्द्र भट्ट, कलाकार मरिचमान श्रेष्ठ लगायत झन्डै ५० जनाले अहिलेसम्म सहयोग गरिसकेका छन् ।

सहयोगबाट उठेको रकमले अहिले मन्दिरमा चाहिने सामाग्री, दशै विशेषका लागि उपासे तथा ब्राह्मण, पुजारी लगायतका लागि आवश्यक पर्ने कपडा, फुलको डोलीका लागि आवश्यक सामग्रीहरु खरिद गरेर पुजा समितिलाइ हस्तान्तरण भइ सकेको माई भगवति मन्दिर पुजा समितिका अध्यक्ष कृष्ण सुवेदी बताउँछन् ।

सामाग्री खरिद गरी बाँकी रहेको नगद छिट्टै माइ भगवति मन्दिर पुजा समितिलाइ बुझाइने सहयोग सँकलनमा अगुवाई गरिरहेका खत्री बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily