+
Search

ताजा अपडेट +

पपुलर +

फन्कोमा इन्दिरा बनिन ब्युटी लोकल

4KNationalDaily
२०७२ कार्तिक ३, मंगलवार ०५:५९ बजे

काठमाडाैं- गयिका ईन्दिरा जोशीले गाएको फन्कोको सिनेमाको लोकल ब्युटी बोलको गीत रिलिज भएको छ । गीतमा जोशी स्वयम बारुली कम्मर मर्काएर आईटम डान्स दिएकी छन ।

त्यस्तै अर्की हट नायिका प्रियंका कार्कीको पनि आकर्षक नृत्य गितमा देख्न पाईन्छ । आगामी माघ एक गतेबाट नेपालभर प्रर्दशनमा आउने फन्कोलिई सुवर्ण थापाले निर्देशन गरेका हुन ।

सिनेमा युनिटले शनिबार बिजया दशमीको अबसर पारेर चलचित्र बितरण कंम्पनी एफ डि मा  कार्यक्रम संगै गित सार्बजनिक गरेको हो । कार्यक्रममा निर्माता नरेन्द्र महर्जनले फन्कोलाई नोभेम्बर २४ देखी युरोपका बिभिन्न शहरहरुमा प्रर्दशन गर्ने कार्यक्रम तय भैसकेको जानकारी समेत दिए ।

लोकल ब्युटी गितमा राजेन्द्र थापाको शब्द चेतन सापकोटाको संगीत कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । निर्माता महर्जन संगै गैर आबाशिय नेपाली संघ बेल्जियम निबासी शहदेब गौतम र पदम गुरुङ्गको पनि यो सिनेमामा लगानी रहेको छ ।

पैसाको पछाडी लाग्ने युवायुबतीको कथा उठान गरेको फन्कोमा सौगात मल्ल,दयाहाङ्ग राई,अनुप बराल,केकी अधिकारी,प्रियका कार्की,केशब भटराई लगाएतका कलाकारहरुले अभिनय गरेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily