+
Search

ताजा अपडेट +

पपुलर +

४५ हजारले त्रिपाल पनि पाएनन्

4KNationalDaily
२०७२ बैशाख २१, सोमबार ०२:५५ बजे

गोरखा- शनिबार गएको भुकम्पले जिल्लाका ५८ हजार घर ध्वस्त भएको प्रारभ्भिक अनुमान गरिएको छ । ४५ हजार ६ सय ८ वटा संरचनाहरु पुर्ण रुपमा क्षति भएको जिल्ला दैविक प्रकोप उद्घार समितिले जनाएको छ ।

त्यस्तै दुइ हजार सात सय ६७ वटा भौतिक संरचनामा आंशिक तथा एक सय ८५ संरचनाहरुमा सामान्य क्षति पुगेको छ ।

तर जिल्ला दैविक प्रकोप उद्घार समिति अन्तर्गतको राहत वितरणसमितिले शनिबार दिएको पछिल्लो जानकारी अनुसार जिल्लामा ३ हजार एक सय ७९ वटा त्रिपाल वितरण भएको छ ।

विभिन्न संघ संस्थाहरुको सहयोगमा शनिबार साँझ सम्म १५ हजार ८ सय ५१ वटा त्रिपाल प्राप्त भएको छ । जिल्ला विकास समितिको सवाहलमा राहत भण्डारण गरेर एकद्घार प्रणालिबाट वितरण गरिएको छ । शनिवार साँझ सम्मको अवस्था हेर्दा गोरखामा अझै कम्तिमा ४५ हजार त्रिपालको आवश्यक छ ।

तर प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैविक प्रकोप उद्घार समिति समक्ष निकै कम त्रिपाल छ ।पहिलो चरणको राहत वितरण सकियोजिल्लामा पहिलो चरणमा सवै गाविसमा राहत पु¥याइसकीएको जिल्ला दैविक प्रकोप उद्घार समितिले जनाएको छ ।

शनिबार बाट दोस्रो चरणको राहत सामाग्री वितरण थालिएको जिल्ला दैविक प्रकोप उद्घार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्घव तिमल्सिना वताउँछन् । तर जिल्लाको अधिकांश ठाउँका स्थानीयहरु राहत सामाग्री नै नआइपुगेको बताउँछन् । आएका राहत सामाग्री पनि निकै कम मात्रामा आएको स्थानीयहरुको गुनसो छ ।

‘तिन वटै क्षेत्रमा सह सचिवको नेतृत्वमा राहत वितरण गरेका छौँ ।’ तिमल्सीनाले भने । राहत वितरणलाई थप प्रभावकारी वनाउन पालुङटार हवाइ मैदान बाट पनि राहत सामाग्री उक्तरी क्षेत्र पठाएको उनले बताए । तर कतिपय ठाँउका स्थानियले भने आफूहरुले राहत नपाएको गुनासो गरेका छन् ।

राहत किन पुगेन ?

जिल्ला दैविक प्रकोप उद्घार समितिले वितरण गरेको राहत अधिकांश ठाउँमा नपुगेको स्थानीयहरुले गुनासो गर्छन् ।राहत वितरण समितिले समन्वय र योजना विना नै राहत वितरण गरेपछि राहत पुग्न नसकेको हो ।

सम्वन्धीत ठाउँमा राहत नपुगेपछि अहिले सहयोगका लागी आउने संघ संस्थाले आफुखुसी विभिन्न ठाउँमा लैजान थालेका छन् ।

एकद्घार प्रणालिबाट राहत वितरण गर्ने जनाइएपनि सो राहत सम्वन्धीत ठाउँमा नपुगेपछि भण्डारण कक्षमा राहत नलगी गाउँ गाउँमा पु¥याउन थालिएको छ । राजनितिक दलका जिल्ला नेताहरुले आफ्नो पँहुच पुगेको ठाउँमा मात्र राहत दिने गरेको स्थानीयहरुको गुनासो छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily