+
Search

ताजा अपडेट +

पपुलर +

एसएसली दिन गएकी दलित छात्रालाई कोठाबाट निकाली दुव्यवहार

4KNationalDaily
२०७१ चैत्र २७, शुक्रबार २३:५३ बजे

गोरखा- दलित भएकै कारण गोरखाको जौवारी गा.वि.स ड्यास खर्ककी एक छात्रा लाई स्थानिय ब्राहमण समुदायका परिवारले कोठाबाट निकालेर दुव्र्यवहार गरेको छ ।

गत ४ गते जनज्वोती उच्च मा.वि बाट एसएलसी परिक्षा दिन परोपकार उच्च मा.वि जौवारी पुगेकी छात्रा एलिसा नगरकोटीलाई घरघनी सृजना खनालले कोठाबाट निकालेर दुव्यबहार गरेको पिडितका दाजु चिजकुमार नगरकोटीले जानकारी दिए।

एलिसा सहित जनज्वोती उच्च माविका ४ जना छात्राहरुलाई परिक्षा अबधी भरी जौवारी-७ का इन्द्र प्रसाद दुवाडीको घरको कोठा भाडामा दिने सहमती भए अनुसार ४ गते त्यहाँ पुगेकी उनलाई दलित भएको बताए पछि अन्तै कोठा खोज्न इन्द्र दुवाडीकी बुहारी सुजना खनालले भनेको पिडितले बताएकी छिन् ।

एलिसाले तत्काल कोठा खोज्न नसक्ने बताएपनि सृजनाले दलितलाई आफुहरुले अहिलेसम्म घर भित्र नछिराएको भन्दै बस्न दिन नसक्ने भनेपछि पिडित छात्रा परोपकार उच्च मा.विको गेटमा रुदै गरेको अबस्थामा उनका छिमेकी दाजु पर्ने होमराज उपरकोटीले अन्तै कोठा मिलाएर राखेको पिडितका दाजु चिजकुमारले बताए ।

घटना स्थानियले पाएपछि बिधालयका शिक्षक समेत रहेका घरधनी इन्द्र प्रसाद दुवाडीलाई बोलाएर त्यस्ता क्रियाकलाप नगर्न आग्रह गरेको परोपकार उच्च मा.विका प्रार्चाय हरि प्रसाद ढकालले बताए । पिडितका दाजु चिजकुमारले बहिनीको एस.एलसी परिक्षा बिग्रने डरले घटना ढिलो गरि सार्वजनिक भएको बताए ।

यता घरधनी सृजनाले भने आफुले कुन जात हो भनी सोधेको भएपनि कोठा नदिएको भन्ने कुरा झुटो भएको दावी गरे । उनले संगै बस्ने अरुलाई एलिसा कुन थरको हो भनी सोधको र यस अधि दलितलाई राख्ने नगरेको कुरा भने बताएको स्विकार गरे ।

सत्ययता घटनाका सम्बन्धनमा नेपाल राष्ट्रिय मुक्ति दलित मुक्तिमोर्चका जिल्ला अध्यक्ष दिल बहादुर सेन्चुरीले जिल्लामा उपल्लो जाती भनिनेहरुबाट दलित समुदाय माथीको दुव्र्यवहारको घट्ना बढदै गएको भन्दै घटनामा संलग्नलाई कडा कारवाही गर्नुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily